Skip to main content

भन्सार छलीका सामान कैलालीबाट बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
भन्सार छली

धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ चटकपुर र भजनी नगरपालिका–३ कुसमघाट जाने बाटोबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ७१ हजार मुल्य बराबरका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ।

उक्त्त मुल्य बराबरको  चिनी, सुर्ती, बिडी, सलाई लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।