काठमाडौं : नेपाली बजारमा मंगलबार (भदौ १०) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ७०० रुपैयाँ कायम छ । सोमबार (भदौ ९) छापावाल सुन प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।