धनगढीः नेकपा एमालेले आज कैलालीमा शक्ति प्रदर्शन गर्दै छ। एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सोमबार जिल्लाका ३ ठाउँमा शक्ति प्रदर्शन गर्न लागेको हो।
जसअन्तरगत अत्तरियादेखि धनगढीसम्म, घोडाघोडी र टीकापुरमा छुट्टाछुट्टै मोटरसाइकल र्याली निकालिनेछ जनाइएको छ। अत्तरियादेखि धनगढीसम्म दिउँसो २ बजे मोटरसाइकल र्याली निकालिने एमालले जनाएको छ। एमालेले चैत २९ गते धनगढीमा विशेष जनसभा गर्ने तयारी गरेको छ।