Skip to main content

पत्रकार सुरक्षाको माग गर्दै पत्रकार महासंघ कैलालीद्वारा सरकारलाई ज्ञापन पत्र

Submitted by editor on
ईबिगुल संवाददाता
ज्ञापन पत्र

धनगढी :नेपाल पत्रकार महासंघ कैलालीले पत्रकार सुरक्षाको माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । आज कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हामाल मार्फत सो ज्ञापनपत्र बुझाएको हो ।

यही १५ गते काठमाडौमा राजाबादी आन्दोलनको हिंसात्मक आन्दोलनमा आराजक मानिसको भिडले संचारगृह तोडफोड, पत्रकार सुरेश रजकको जलाएर हत्या र पत्रकार माथी हातपात र कुटपिट गरिएकोले सरकारको ध्यानार्कषण गराउन ज्ञापन पत्र बुझाएको नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउबाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी हमालले ज्ञापनपत्र बुझ्दै आफूले आजै सो ज्ञापनपत्र सरकार पठाई दिने बताए । कैलाली जिल्लामा शान्ती सुरक्षा अमन चयनका साथै पत्रकारको सुरक्षाका लागि आफु कटिबद्ध रहेको उनले बताए ।