Skip to main content

खैरो हेरोईन र ७२ ट्याब्लेट औषधीसहित कैलालीमा एकैदिन १२ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढीः कैलालीमा ५ ग्राम ६६० मिलिग्राम खैरो हेरोईन र ७२ ट्याब्लेट प्रतिबन्धित औषधीसहित एकैदिन १२ जना पक्राउ परेका छन्।

घोडाघोडी नगरपालिका–१ सुखड स्थित गौरभ आचार्यको घरमा लागूऔषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटीएको प्रहरी टोलीले घोडाघोडी नगरपालिका–१ बस्ने २५ वर्षीय गौरभ आचार्य, ३४ वर्षीय सुरेन्द्र श्रेष्ठ र २२ वर्षीय भिम बोहरालाई पक्राउ गरेको छ।

उनीहरुको साथबाट ३ ग्राम ५८० मिलिग्राम खैरो हेरोईन फेलापारी बरामद गरी पक्राउ गरेको छ। टीकापुर नगरपालिका–९ खक्रौला चेक पोष्ट नजिकबाट टीकापुर नगरपालिका–१ एकतानगर शिविर बस्ने १८ वर्षीय सन्तोष विक र सोही ठाउँ बस्ने २३ वर्षकी बन्दना विकलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको प्रहरी टोलीले पक्राउ गरेको छ। यी दुबै जनाको साथबाट १ ग्राम ४२० मिलिग्राम खेरो हेरोईन फेलापारी दुबै जनालाई पक्राउ गरीएको छ।

त्यसैगरी धनगढी उपमहानगरपालिकाको बङ्ग्राकटान र त्रिनगर भन्सार नजिकबाट जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समुहबाट खटीएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–६ बस्ने २२ वर्षीय विवेक राना, धनगढी उपमहानगरपालिका–७ बस्ने १८ वर्षीय आकाश राना, धनगढी उपमहानगरपालिका–९ बस्ने २२ वर्षीय भिम सुनार, बस्ने २६ वर्षीय दिनेश बोहरा र २५ वर्षीय विशाल बोहरालाइ पक्राउ गरेको छ। यी पाँच जनाको साथबाट ६६० मिलिग्राम खैरो हेरोईन फेलापारी बरामद गरी पाँचै जनालाई पक्राउ गरेको छ।

यस्तै धनगढी उपमहानगरपालिका–१९ ललिपुर घाटबाट इलाका प्रहरी कार्यालय बहुलिया र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटीएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१२ बस्ने २८ वर्षीय रोहित बोगटी र धनगढी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय लोकेन्द्र खड्कालाई पक्राउ गरेको छ। यी दुबै जनाको साथबाट ७२ ट्याब्लेट प्रतिबन्धित औषधी गरी बरामद गरि पक्राउ गरेको छ।

यी १२ जनाको साथबाट जम्मा ५ ग्राम ६६० मिलिग्राम लागूऔषध९खेरो हेरोईन० र ७२ ट्याब्लेट प्रतिबन्धित औषधी फेलापारी बरामद गरी १२ जनालाई बुधवार पक्राउ गरी आवश्यक कारवाहीको लागि हिरासतमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।