Skip to main content

२ लाख बराबरका भन्सार छलीका सामान कैलालीबाट बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
भन्सार छली

धनगढी : कैलालीबाट २ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।

बिभिन्न स्थानहरु धनगढी उप महानगरपालिका ३ चौराह, गोदावरी नगरपालिका ४ गोदावरी पुल र गोदावरी गोदावरीनगरपालिका ४ हनुमान मन्दिर नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ५४ हजार ५०० मूल्य बराबरको भन्सार छलीका सामान शनिवार प्रहरीले बरामद गरेको छ।

उक्त्त मुल्य बराबरको भन्सार छदीका बिडी, सुर्ति, गुट्खा, करेन्ट मसला, नुहाउने साबुन, अगरबत्ति, चिया मसला, थानको कपडा, बच्चाको खेलौना, कुर्ती, सुट लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।