Skip to main content

धनगढीमा होटेल सञ्चालकलाई धम्काउदै पैसा माग्ने थापा पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढी : कैलालीको धनगढीबाट होटेल सञ्चालकलाई धम्काउदै पैसा माग्ने एक जना पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट निराजन थापा पक्राउ परेका हुन्।

धनगढी बसपार्कमा होटेल सञ्चालन गर्दै आएका मोहन सिंह धामीलाई २/३ दिनदेखि ब्यारोबाट खटाइएको एएसआइ हुँ भन्दै रकम माग्दै आएको आरोमा उनलाई पक्राउ गरिएको हो। कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–५ शिवनगरका थापा बसपार्क प्रहरी पोस्टको टोलीले पक्राउ गरेको बताएको छ।