धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले हलिया, कमलरी र कमैयाको जीविकोपार्जन र आयआर्जनका लागि कार्यविधि बनाएर सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका छन ।
शुक्रबार मुक्त कमैया महिला विकास मञ्चले धनगढीमा आयोजना गरेको २५ औँ कमैया मुक्ति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले यस्ते बताएका हुन । उनले २०५७ साल श्रावण २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले कमैया मुक्तिको घोषण गरेको बताए ।
हलिया, मुक्त कमलरी र कमैयाको पहिचान पुस्र्थापनाका लागि कार्यबिधी तयार पारेको र कार्यान्वयनको चरणमा रहेको उनले बताए । थारु समुदायको बडघर र भलमन्सा प्रथालाइ कानुनी मान्यता दिनका लागि विधेयक मन्त्रिपरिषदबाट पास गरी प्रदेशसभामा पेश गरिसकेको उनले बताए ।
यस्तै अर्को कार्यक्रमा बोल्दै मुख्यमन्त्री शाहले मुक्त कमैयाहरूलाई त्रसित भएर नबस्न आग्रह गरे । मुक्त कमैया समाजले कैलालीको लम्कीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बर्षौदेखि बसोबास गर्दै आएका कमैयाहरुलाई बसेको ठाउँबाट नहटाउने बताए ।