Skip to main content

अत्तरियामा सकियो, एसईई आइडलको २१औं अडिसन

Submitted by editor on
ईबिगुल संवाददाता
अत्तरियामा सकियो, एसईई आइडलको २१औं अडिसन

धनगढी :  सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडलको २१औं अडिसन अत्तरियामा सम्पन्न भएको छ । अत्तरियामा रहेको एभरेष्ट एकेडेमीमा प्रदेश युवा परिषद एसईई आइडलको अडिसन सम्पन्न भएको हो । 

अडिसनमा सहभागि प्रतिस्पर्धीहरुलाई छात्रवृत्ति कुपन र एसईई सहयोग पुस्तिका निशुल्क रुपमा वितरण गरिएको छ । २१ औं अडिसनमा गुरुजी सर्टिङ्ग सुटिङ्गका संचालक सतिस जोशी, प्रदेश युवा परिषद्का सदस्य छत्र रावल लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । 

एसईई आइडलको यो तेस्रो संस्करण हो । सुदूरपश्चिमका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरु आयोजना हुनेछन । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् ।  

यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् । असोज देखि फाल्गुण सम्म सुदूरपश्चिमका ९ जिल्लामा अडिसन हुनेछन् । जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०÷३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् ।

दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५÷१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १÷१ जना विजेता र १÷१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशः रु. ५०÷५० हजार र २५÷२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् ।