दार्चुला: दार्चुलामा कृषि अनुदान रकम हत्याउन सचिव र कोषाध्यक्षको मृत्यु भएको झुठो पत्र पठाएको आरोपमा शैल्यशिखर नगरपालिकाका दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन । धामी मेयर विजयसिंह धामीका छोरा हुन् ।
उनीहरूले दुई लाख २० हजार रुपैयाँ अनुदानका लागि मृतक सचिव र कोषाध्यक्षको मृत्यु भएको भन्दै ग्लोबल आईएमई बैंकलाई फर्जी पत्र पठाएको प्रहरीले जनाएको छ ।