Skip to main content

चलचित्र पत्रकार संघ कैलालीको अध्यक्षमा जोशी

Submitted by editor on
ईबिगुल संवाददाता
चलचित्र पत्रकार संघ

धनगढी : चलचित्र पत्रकार संघ नेपालको कैलाली शाखामा नागरिककर्मी पुष्पराज जोशी सर्वसम्मत चयन भएका छन् । शुक्रबार चलचित्र पत्रकार संघ नेपालको प्रस्तावित शाखाका रुपमा विशेष भेला तथा कार्यसमिति पुनर्गठन गरिएको हो ।

पुनर्गठीत समितिको उपाध्यक्षमा विवेक नागरी, सचिवमा कृत बिष्ट, सहसचिवमा सुनिता बिक, कोषाध्यक्षमा शंकर बोहरा र सदस्यहरुमा सागर कुश्मी (चौधरी), दिनेश बिष्ट, रमेश ऐडी, योगेन्द्र नायक, महेश वडू र गिरिजा पनेरु रहेका छन् । 

उद्घाटन सत्रमा प्रमुख अतिथिको आशनबाट बोल्दै चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले सुदूरपश्चिमको चलचित्र लगायत भाषा, कला, संस्कृतिको विकासमा समिति कोशेढुंगा सावित हुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी शिष्ठि अथिति रहनु भएको थियो । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जमुना न्यूरे, प्रेस सेन्टर नेपाल जिल्ला अध्यक्ष तेजराज भट्ट र प्रेस चौतारी नेपालका जिल्ला सह सचिव दिनेश विष्टले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा बोल्दै संघका सचिव श्रवण देउवाले यस क्षेत्रको कला संस्कृति जगेर्ना गर्न सुदूरपश्चिममा गठन भएको चलचित्र पत्रकार संघ नेपालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।