Skip to main content

लागूऔषधसहित कैलालीमा ३ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

कैलालीको बर्दगोरीया गाउँपालिका ४ पुरैनाताल सामुदायिक वन क्षेत्र नजिकबाट लागूऔषध सेवन गरीरहेको अवस्थामा कैलालीको लम्कीचुहा नगरपालिका(६ गुलरा बस्ने २७ वर्षीय शंकर जैसी र बर्दियाको गेरुवा गाउँपाािका(१ थापापुर बस्ने २४ वर्षीय किरण रावल पक्राउ परेका हुन्। यी दुबै जनालाई ७ ग्राम लागूऔषध खैरो हेरोइनसहित फेला पारी उक्त पदार्थसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी कैलालीको जानकी गाउँपालिका(१ दुर्गौलीबाट सोही ठाउँ बस्ने २७ वर्षीय क्षेत्रराज रावतलाई पक्राउ गरिएको छ। शंकास्पद रुपमा वसिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट १०० मिलिग्राम लागूऔषध खैरो हेरोइनफेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।