धनगढीः कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
टीकापुर बसपार्कबाट लम्कीतर्फ गैरहेको सुदूरपश्चिम प्रदेश ०१–००१–ख ३५८३ नम्बरको बसले मङ्गलवार बिहान साइकल र मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो। मृत्युु हुुनेमा साइकल यात्री टीकापुर नगरपालिका–६ मिलनपुरका ४५ वर्षीय अट्वारी चौधरी रहेका इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नविनराजा बुढाथोकीले बताए।
दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०१–१२–प १८६९ नम्बरको मोटरसाइकल चालक टीकापुर नगरपालिका वडा नम्बर ६ का वर्ष २५ का राजु चौधरी घाईते भएका छन। घाइते चौधरीलाइ उपचारका लागी नेपालगञ्ज पठाइएको छ। बस चालक कैलालीको गोेदावरी नगरपालिका–८ का हरिकेशी लम्साललाइ प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।