Skip to main content

कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
death

कैलाली :कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

गर्मी छल्न साथीहरूसँग रोरा खोलामा नुहाउन गएका लम्कीचुहा नगरपालिका–१ थपालीपुरका नौ वर्षीय बालक रोशन बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। 

प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले गर्मी छल्नको तीन जना साथीहरूसँग नुहाउन गएकामा बालकको घटनास्थलमै मृत्यु भएको बताए।