धनगढी : सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हे. क्वा. कैलालीले २५ लाख रुपैयाँ बढीको अवैध बेवारिसे कपडा बरामद गरेको छ ।
धनगढी उप–महानगरपालिका स्थित खेदाघाट भन्ने स्थानमा गोठ जस्तो छाप्रोबाट सशस्त्र प्रहरीले अवैध बेवारिसे कपडा बरामद गरेको हो ।सशस्त्र प्रहरबिल नेपाल नं. ३४ गण ह.क्वा. कैलालीबाट स.प.उ. सुरेन्द्र राज रञ्जितको कमाण्डमा खटिगएको ३१ जनाको टोलीले बेवारिसे कपडा बरामद गरेको हो ।
टोलीले गोठ जस्तो छाप्रोमा लुकाएर राखेको अबस्थामा लेडिज सुट, साडी, कुर्ता सुरुवाल, थानको कपडा र बच्चाको कपडा गरी २४ गाठ कपडा बरामद गरेको हो ।बरामद गरेको कपडा आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हे. क्वा. कैलालीले जनाएको छ ।