Skip to main content

पश्चिमका थारु बस्तीहरुमा माघीको रौनक (फोटोफिचर)

Submitted by editor on
शिवराज भट्ट
 माघी पर्व

धनगढी : सुदूरपश्चिमको पहाडी जिल्लामा मााधेसक्रान्ती मनाएसँगै पश्चिम तराईका जिल्लामा पनि थारु समुदायले माघी पर्व धुमधामका साथ मनाएका छन । थारु समुदायका लागि माघ नयाँ वर्ष पनि हो । माघमा भागबण्डा गर्ने, गाउँमा भलमन्सा र बडघर चुन्ने चलन पनि छ । 

सुदूरपश्चिमका ७ पहाडि जिल्लाहरुमा सेलरोटी चाकु, सखरअण्ड र तरुल खाएर माघे सक्रान्ती मनाईरहेका बेला तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारु समुदायमा पनि माघीको रौनक छाएको छ । थारु बस्तीहरुमा सखीया नाँचगानका साथै मिठामिठा परिकार मनाएर रमाईलो भईरहेको छ ।


सुदूरपश्चिमकै डडेल्धुरा, डोटी, अछाम, बाजुरा तथा बझाङका केही भागमा भने माघमा छोरीचेलीलाई मिठो मसिनो बनाएर उनीहरुको घरमै पुगाउने चलन रहेको छ भने बैतडी दार्चुला र बझाङका केही भागमा विहानै उठेर कागलाई सेलपुरी दिने चलन छ । 

तर थारुहरुमा भने माघी नयाँ वर्षको रपमा पनि मनाउने गरिन्छ । घरमा छुट्टिने उमेरका छोराहरु माघमै छुट्टीन्छन भने गाउँको न्याय निसाफका लागि भलमन्सा र बडघरको चुनाव पनि माघमै हुने गर्छ । त्यस बाहेक उनीहरु घरघरमा गएर नाँचगान पनि गर्ने गर्छन ।

थारु समुदाय माघीको दिन बंगुर काटेर भाग लगाउने, ढिक्रि जस्ता मौलिक परिकार पकाउने र मेला महोत्सव गर्ने गर्दछन ।