Skip to main content

कैलाशधाम तीर्थस्थल कर्णाली मानसगंगामा माघी स्नान शुरु

Submitted by editor on
ईबिगुल संवाददाता
जगद्गुरु

धनगढी : कैलालीको कैलाशधाम तीर्थस्थलमा आज देखि माघीस्थान तथा माघी मेला शुरु भएको छ । नेपालका ऐतिहासिक जगद्गुरु अन्नत श्री बिभुषित श्री बालसन्त मोहनशरण देवाचार्यल र सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले मेलाको उद्घाटन गरे ।

तीर्थस्थलमा नर्मदेश्वर स्वरुपा कैलाशपती महादेवको शिवलिंगको प्राण प्रतिष्ठा पनि गरिएको छ । आजैबाट त्यहाँ नेपाल महिमा युक्त श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ पनि सुरु भएको छ । माघि स्नान गर्न विभिन्न ठाउँबाट ठुलो संख्यामा श्रद्धालु भक्तजनहरु आएका, धामका अध्यक्ष लक्ष्मीराम रिमालले बताए ।

हिन्दुहरुको आस्थाको केन्द्र मानसरोबारबाट बगी आएको कर्णाली गंगामातालाई गलत तरीकाले ब्याख्या गरिएको भन्दै जगदगुरुले यसलाई कर्णाली मानस गंगा स्थान घोषणा पनि गरे ।

कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेशको धार्मिक पर्यटन क्षेत्रको विकासको लागि आफु गम्भीर रहेको बताए । उनले कैलाशधामलाई आश्रमका रुपमा मात्र सिमित नराखि शक्तिपीठका रुपमा अगाढी बढाउन जगतगुरु संग आग्रह गरे ।