Skip to main content

पश्मिना उद्योगीलाई मुख्यमन्त्री शाहले भने, तपाईं लगानीका लागी तयार हुनुस्, वातावरण हामी बनाउछौँ

Submitted by editor on
ईबिगुल संवाददाता
kamal

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार प्रदेशको समृद्धिका लागि लगानीमैत्री वातावरण  निर्माणमा लागेकोले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन ।
मंगलबार काठमाडौमा नेपाल पश्मिना उद्योगसँगको छलफल तथा अन्तरक्रियामा उनले यस्तो बताएका हुन । कार्यक्रममा मुख्यमन्त्री शाहले ‘सुदूरपश्चिममा पर्याप्त ऊनको सम्भावना छ, उच्च पहाडी र हिमाली क्षेत्रमा हजारौँ भेडा च्यांग्राहरु पालन भइरहेका छ । हामी अब त्यसको व्यवसायलाई प्रवद्र्धन गर्न गइरहेका छौँ  ।
ऊनको गुणस्तर वृद्धि गरेर अन्तर्राष्ट्रिय बजारमा सुदूरपश्चिमको गलैचा पुर्याउने लक्ष्य रहेको बताउँदै व्यवसायीहरुलाई भने, ‘हामी प्रवद्र्धनमा लागिरहेका छौँ, तपाईँहरू लगानी गर्नुहोस् ।’

नागरिकको समेत सहभागितामा उद्योग व्यवसायलाई अगाडि बढाउने नीति सरकारले लिएको भन्दै मुख्यमन्त्री शाहले  साझा सुविधा केन्द्र स्थापनामा समेत चासो राखिएको उल्लेख गरे । ‘पीपीपी मोडलमा हामी अगाडि बढ्छौँ । साझा सुविधा केन्द्र स्थापनाको लागि पनि पहल सुरु गर्छौँ,’ मुख्यमन्त्री शाहले भने ।
साझा सुविधा केन्द्रबाट इन्स्योरेन्स, औषधिको व्यवस्था, नस्ल सुधार लगायतको सेवा दिँदै पशुपालक किसानहरुलाई सहज बनाउने प्रदेश सरकारको नीति रहेको उनले बताए ।