Skip to main content

कैलाली उद्योग वाणिज्य संघ निर्वाचन, के छ चर्चा ?

Submitted by editor on
पुर्व महासचिव रुपेश स्वाँर र अहिलेका वरिष्ठ उपाध्यक्ष पुस्करराज ओझा बीच प्रतिस्पर्धा
ईबिगुल संवाददाता
rupesh

धनगढी : कैलाली उद्योग वाणिज्य (कैउवा) संघ को विर्वाचन यहि भदौ २८ गते हुँदैछ । संघका पुर्व महासचिव रुपेश स्वाँर र अर्को प्रतिस्पर्धी उम्मेद्वार अहिलेका वरिष्ठ उपाध्यक्ष पुस्करराज ओझा छन् । स्वाँर र ओझा प्यानल सहित चुनावी मैदानमा छन् । दुवै पक्ष आफ्नो पक्षमा मत तान्न व्यवसायीहरुको घरदैलोमा गईरहेका छन् ।

दुवै प्यानलले तामझामका साथ एकै होटलको एकै हलमा एक दिनको फरक पारेर प्यानल नै सार्वजनिक गरेका थिए । अहिलेका अध्यक्ष पुस्पराज कुँवरले सञ्चालन गरेको होटल पौवामा दुवै उम्मेदवारले आ–आफ्नो प्यानल सार्वजनिक गरेका छन् । अध्यक्ष कुँवर दुवै प्यानलको घोषणा कार्यक्रममा सहभागि समेत भए ।
पदाधिकारी तथा सदस्यमा स्वतन्त्र उम्मेदवारी पर्न सक्ने सम्भावना भए पनि नेतृत्वका लागि दुई प्यानलबीचनै प्रतिस्पर्धा हुने व्यवसायीहरुको अनुमान छ । स्वाँर ओझा उत्तिकै बलियो उम्मेदवार रहेको चर्चा हुन थालेको छ । एक व्यवसायीका अनुसार पूर्व अध्यक्षहरु जसलाई समर्थन गर्छन त्यसको जित हुने छ । पूर्व अध्यक्षहरु गोपाल हमाल, कर्ण कुँवर, दिनेश भण्डारी, अहिलेका अध्यक्ष पुष्पराज कुँवरले नै चुनावी माहोल बनाउने चर्चा हुन थालेको छ ।

निर्वाचनले अध्यक्षसहित नौ पदाधिकारीसहित २२ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ भने दुई हजार २ सय ७४ जना व्यवसायी मतदाता रहेका कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । संघका उम्मेदवारहरु धनगढी, बनौयाँ र के अत्तरियामा समेत रहेका छन् ।  स्वाँरको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उपाध्यक्ष (उद्योग) मा लक्ष्मणराज पन्त, उपाध्यक्ष (एसोसियट) मा अनिलकुमार भुजनिया, उपाध्यक्ष (वाणिज्य) मा राधिका चौधरी र उपाध्यक्ष (वस्तुगत) मा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डेय, सचिवमा प्रकाशकुमार चन्द र कोषाध्यक्षमा तिलक बोहरा रहेका छन् ।

त्यस्तै, सदस्यमा रुपेश खड्का, अम्बिका भण्डारी, मिलन कुँवर, प्रेमबहादुर धामी, भरतबहादुर थापा, नेत्रप्रसाद तिवारी, देवराज जोशी, तेज बम, शुभशंकर ठाकुर, दिपेश राठोर, अमर चोखाल, प्रमिला पाठक र मन्जु भट्ट रहेका छन् । ओझा नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका महासचिव ओमबहादुर बिष्ट, उपाध्यक्ष (उद्योग) मा बाशुदेव भट्ट, उपाध्यक्ष (वाणिज्य)मा गगनराज केसी, उपाध्यक्ष (वस्तुगत)मा भीमराज ओझा ‘अब्बु’, उपाध्यक्ष (एशोसिएट)मा मनोज अग्रवाल,महासचिवमा दिनेश लम्साल, सचिवमा कृष्णाकुमारी बिष्ट र कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायतले उम्मेदवारी घोषणा गरेका छन् ।
त्यस्तै,सदस्यमा बमबहादुर कुँवर, धु्रवराज दाहाल, रेखा बास्तोला, पदमबिक्रम सिंह, अजय पाण्डेय, टेकबहादुर खड्का, तर्कराज भट्ट, सुरजबहादुर रैका, प्रजापति जोशी, कमला भट्टराइ,अनुप भण्डारी, बिन्दु सुनार र सुरेश सापकोटा रहेका छन् ।