Skip to main content

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन, सचिवमा कोपिला कुँवरको उम्मेदवारी घोषणा

Submitted by editor on
सचिवमा प्रकाशकुमार चन्द र कृष्णाकुमारी बिष्ट पनि उम्मेद्वारी घोषणा गरेका छन ।
ईबिगुल संवाददाता
copila

धनगढी : यही भदौ २८ गते हुने कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा सचिव पदका लागि कोपिला कुँवरले उम्मेदवारी दिने भएकी छन् । उनले बिहिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा तथा प्रतिवद्धता सार्वजनिक गरेकी हुन् ।

उनले युवा,महिला तथा सक्षम नेतृत्व आजको आश्यकता भएकोले आफू सचिव पदमा उम्मेदवारी घोषणा गरेको बताइन् । उम्मेदवारी घोषणा गर्दै कुँवरले स्थानीय व्यापार व्यवसाय र उद्यमशिलताको संरक्षण र प्रवद्र्धन गर्न तथा युवा उद्यमी तथा नवप्रवर्तनलाई विकास एवं प्रवद्र्धन गर्न आफ्नो उम्मेदवारी रहेको बताइन् ।

संघमा हुने आर्थिक क्रियाकलाप, सदस्य नविकरण लगायतका क्षेत्रमा पारदर्शीता कायम गरी नियमित सार्वजनिक गर्न, युवा तथा महिला उद्यमी तथा सुदूरपश्चिमका महिलाहरु पनि नेतृत्व तहमा जान सक्षम छन् भनि सकारात्मक सन्देश प्रवाह गर्न,कैलाली उद्योग वाणिज्य संघमा भएका अनिमियतता, विसंगती र वेथितिको भण्डाफोर गरी सबै व्यापारीको साझा र शसक्त संस्थाको रुपमा दर्ज गर्न आफ्नो उम्मेदवारी रहेको बताइन् ।

निर्वाचनमा अध्यक्षका उम्मेदवार रुपेश स्वाँर र पुष्करराज ओझा प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । स्वाँर प्यानलबाट सचिव पदका उम्मेदवार प्रकाशकुमार चन्द रहेका छन् भने ओझा प्यानलबाट सचिवमा कृष्णाकुमारी बिष्ट रहेकी छन् । निर्वाचनले अध्यक्षसहित नौ पदाधिकारीसहित २२ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ भने दुई हजार २ सय ७४ जना व्यवसायी मतदाता रहेका कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।