धनगढी : सुदूरपश्चिम प्रदेशको ऐतिहाँसिक विरासत बोकेको कैलाली जनपुस्तकालयको अध्यक्षमा शिवराज ओझा निर्विरोध चयन भएका छन । बुधबार सम्पन्न ४८ औँ साधारणसभाले ओझालाई निर्विरोध चयन गरेकोे हो । ओझासँग दुई कार्यकाल उपाध्यक्षको कार्यानुभव छ ।
त्यस्तै अन्य थप १० सदस्य भने निर्वाचन प्रक्रियाबाट चयन भएका छन । निर्वाचित हुनेमा टंकप्रसाद जोशी १८२ मत , राजेन्द्र रैका १७६, शेरसिहं खड्का १७६, सुवाष चन्द्र भण्डारी १७५, जयराज जोशी १५९, राधा कुमारी फुलारा १५३, डिल्ली राज ओझा समपर्ण १४६, सुशीला भट्ट १४२, टी. आर. पाठक १३८, र पदम राज जोशी १३१ मत सहित विजय भइ सदस्यमा चयन भएका छन् ।
कैलाली जनपुस्तकालय प्रबन्ध समितिको विधान २०५७ को परिच्छे ५ दफा २३ बमोजिम गठन भएको कार्यसमितिको निर्वाचनमा कुल ८२० मतदातामध्ये ३०१ मत खसेको थियो । खसेको मतमध्ये १४ मत बदर भएका थिए । निर्वाचनमा जम्मा १९ जनाले उम्मेदवारी दिएका थिए । अब बस्ने कार्यसमिति बैठकले थप ४ जनालाई मनोनित गर्दै प्रबन्ध समितिलाई जिम्मेवारी बाँडफाँड सहित पूर्णता दिनेछ ।