Skip to main content

धनगढी उपमहानगरले ग-यो २ हजार ६ सय ८५ वटा सर्पको उद्धार

Submitted by editor on
ईबिगुल संवाददाता
sarpa

धनगढी : कैलालीको  धनगढी उपमहानगरपालिको नगर प्रहरी बलले साढे दुई वर्षको अवधिमा भदौ १६ गते सम्म दुई हजार ६ सय ८५ वटा सर्पको उद्धार गरेको छ ।

उपमहानगरपालिकाको नगर प्रहरी बलले विभिन्न ब्यक्तिको घर, गोठ, पसलभित्र तथा सरकारी र संघसंस्थाका कार्यालयमा पसेका सर्पहरुलाई सुरक्षितरुपमा उद्धार गरेर जंगलमा छोड्ने गरेको  हो ।

नगर प्रहरी बलले हालसम्म विभिन्न प्रजातिका सर्पको उद्धार गरेको जनाएको छ । २०८० मा सर्प उद्धारसम्बन्धी तालिम लिएर नगर प्रहरी बलले सो काम थालेको हो । तालिम प्राप्त नगर प्रहरीले धनगढी उपमहानगरपालिकासहित छिमेकी पालिका पुगेर सर्प उद्धार गर्ने काम गर्दै आएको छ ।

नगर प्रहरीले अजिंगर, करेत, कमन करेत, लक्ष्मी नाग, कालो गोमन, गोमन, राज गोमन ९किङ कोब्रा, कमन कोब्रा, भाइपर पिट लगायतका सर्पको उद्धार गरेको उपमहानगरको नगर प्रहरी बलले जनाएको छ । नगर प्रहरीले उद्धार गरेर ल्याएको सर्पलाई सुरक्षित स्थानमा छोड्ने गरेको छ । यसअघि, सर्प उद्धारकर्ता नहुँदा घरभित्र देखिएका धेरैजसो सर्पलाई मार्ने गरिएको थियो ।

आजकाल घर वा घर आसपासमा सर्प देखिएपछि मान्छेले उद्धारका लागि नगर प्रहरीलाई बोलाउने गरेका छन । नगर प्रहरीले सर्प उद्धारको काम थालेपछि धेरैको ज्यान जोगिएको उपमहानगरवासीको भनाई रहेको छ ।