Skip to main content

एमालेको पालामा गरिएको उद्घाटन काँग्रेसले नमान्ने

Submitted by editor on
कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन काँग्रेसले फेरि उद्घाटन गर्दै
ईबिगुल संवाददाता
एमाले

धनगढी : एमालेका मेयरले उद्घाटन गरिसकेको भवन अर्को कार्यकालमा काँग्रेसबाट जितेका मेयरले उद्घाटनको तयारी गरेपछि तनाव सिर्जना भएको छ ।
एशीयाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारको क्षेत्रीय शहरी विकास आयोजना मार्फत निर्माण भएको कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन विहीबार काँग्रेसको तर्फबाट जितेका मेयर विरेन्द्र भट्टले उद्घाटनको तालिका सार्वजनिक गरेका छन ।

एक वर्ष अघि तत्कालिन मेयर हरिसिह साउदले उक्त भवनको उद्घाटन गरिसकेका छन । प्रशासकीय भवनको फेरी उद्घाटन गरेर मेयर बिरेन्द्र भट्टले अपनत्व लिन खोजेके भन्दै नेकपा एमालेले विरोध गरेको छ ।

एमाले गोदावरी नगर कमिटिले बुुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै एक पटक उद्घाटन गरिसकेको भवन फेरि उद्घाटन गरिए त्यसको विरोधमा उत्रिने चेतावनी दिएको छ । नेकपा एमाले गोदावरी नगर कमिटिले एक पटक उद्घाटन गरिसकेको भवनको फेरि उद्घाटनको नाटक गरेर मेयर भट्टले राजनीति गर्न खोजेको आरोप लगाएको छ ।

नेकपा एमाले केन्द्रिय सदस्य सन्तोष शर्माले उद्घाटन भइसकेको भवन पुनः उदटन गर्नु गैर राजनीतिक चरित्र भएको तर्क गरिन । ‘एउटा सरकारको पालामा निर्माण हुने र अर्को सरकार आएपछि भत्काउदै जाने हो भने भोलीका दिनमा के–के हुन्छ ?’ शर्माले भनिन् । 

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले नगरपालिकाको भवन पुनः उद्घाटन गर्ने कार्य नाटक मात्रै भएको दाबी गरे । निवर्तमान मेयर हरिसिंह साउँदले आफ्नो पालामा एसियाली विकास बैँकका प्रतिनिधिको सल्लाह बमोजिम नै नगरपालिकाको प्रशासकीय भवन उद्घाटन भइसकेको बताए ।

नगरपालिकाकी उपप्रमुख शारदादेबी रोकायाले नगरपालिकाको भवन पुनः उदटन नगर्न मेयरलाई पटक पटक ध्यानाकर्षण गराए पनि वेवास्ता गरेको बताईन । रोकाया नेकपा एमालेबाट उपमेयर जितेकी हुन ।