Skip to main content

कैलालीमा सालकको अखेटोपहार सहित दुुई जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
कैलालीमा सालकको अखेटोपहार सहित दुुई जना पक्राउ

धनगढी : कैलालीको बर्दगोरियाबाट प्रहरीले सालकको अखेटोपहार पक्राउ गरेकोछ । प्रदेश प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक शुसील चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ६ मुडा बजार नजिकबाट दुुई जनालाई सालकको अखेटोपहार सहित पक्राउ गरेको हो ।

प्रहरीले जोशीपुर गाउपालिका वडा नम्बर ४ का बर्ष ३२ वर्षिय प्रेम चौधरी र कैलालीकै भजनी नगरपालिका वडा नम्बर ८ का ३५ वर्षिय पर्शुराम चौधरीलाई १० किलो सालकको खपटा सहित पक्राउ गरको हो ।

सु प प्र ०१००८ प ३५१२ नम्बरको मोटरसाईकलमा जादै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका प्रहरीले जनाएको छ । दुुबै जनालाई थप अनुसन्धानका लागि ईप्रका सुख्खड कैलालीको जिम्मा लगाईएको छ ।