धनगढी : कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–४ र टीकापुर नगरपालिका–९ भैयावाडास्थित नहर नजिक भारतबाट अवैध रूपमा भित्र्याइएका ५६ लाखको ८३ हजार ५६० बराबरको सामान बरामद गरिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतको संयुक्त टोलीले बुधबार गस्तीका क्रममा बेवारिसे अवस्थामा रहेका ती सामान फेला पारेको हो ।
बरामद गरिएका सामग्रीमा ११२ थान एयरबड, १५ हजार थान एयरफोन, ४० थान स्मार्टवाच, ६० थान पावरबैंक, २५५ थान पेनड्राइभ, १८ थान टेबल फ्यान, २ थान अपल वाच, २० थान अपल ब्लेण्डर, ६२ थान कुर्ता, १९ थान टिसर्ट, ५८ थान दौरा–सुरुवाल, ६ थान जुत्ता, २ थान पाइन्ट, ९ थान महिलाको टोप, ३२ थान हेडस्कार्फ लगायत रहेका छन्।