Skip to main content

सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न संकायमा नयाँ डीन तथा पदाधिकारी नियुक्त

Submitted by editor on
ईबिगुल संवाददाता
din

धनगढी : सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत विभिन्न संकायमा नयाँ पदाधिकारीहरूको नियुक्ति भएको छ । जसअन्तर्गत व्यवस्थापन संकायको डीनमा प्रा.डा. पदम राज जोशी पुनः नियुक्त भएका छन् । उनी यस अघि पनि वि.सं. २०७८ देखि व्यवस्थापन संकायको डीन रहेका थिए । उनी कैलाली बहुमुखी क्याम्पसका पुर्व क्याम्पसप्रमुख पनि हुन् । यस्तै  विज्ञान तथा प्रविधि संकायको डीनमा कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक एवं युवा वैज्ञानिक डा.प्रेमसिंह साउद नियुक्त भएका छन् । उनी नेपाल सरकारबाट राष्ट्रिय शिक्षा पुरस्कार‑२०८१ बाट सम्मानित भएका थिए ।

त्यस्तै, स्कुल अफ फरेष्ट अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन तथा वन विज्ञान संकायमा उप–प्राध्यापक शिद्धराज पन्तलाई डीनको जिम्मेवारी दिइएको छ । उनी पनि कैलाली बहुमुखी क्याम्पसमा प्राध्यापक थिए ।  

यसैबिच, कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा सह–प्राध्यापक डा. लोकबहादुर बिष्ट नियुक्त भएका छन् । आज सुदूरपश्चिम विश्वविद्यायलका उपकूलपति प्रध्यापक डा. हेमराज पन्त  र रजिष्ट्रार प्रा.डा. विनोद लेखकले नव नियुक्त सबै पदाधिकारहिरुलाई नियुक्ति पत्र प्रदान गर्दै वधाई र शुभकामना व्यक्त गरेका थिए ।