धनगढी : सुनचाँदी व्यवसायी संघ कैलालीले जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्री सहयोग गरेको छ।
सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष यदु सुनारले जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई आवश्यक सामग्री कुर्ची हस्तान्तरण गरेका हुन् । यसैगरी संघले भूमि सुधार तथा मालपोत कार्यालय कैलालीलाई विद्युतीय सामग्री सहयोग गरेको छ। केही दिन अघि जेनजी समूहबाट भएको प्रदर्शनले कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो।
दैनिक काममा सहज, छिटो, छरितो होस भन्ने उद्देश्यले सरकारी कार्यालयहरुलाई सहयोग गरेको संघका अध्यक्ष सुनारले बताए। उनले आम नागरिकहरुलाई आगजनी तथा तोडफोडले क्षतिग्रत भएका कार्यालयलाई सहयोगका लागि अपील समेत गरेका छन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा सुनचाँदी व्यवसायी संघ कैलालीका पदाधिकारीहरु तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो।