Skip to main content

नेपाल आईडल सिजन–५ को अडिसन माघ ८ गते अत्तरियामा हुने

Submitted by editor on
ईबिगुल संवाददाता
नेपाल आइडल

धनगढी : गायन क्षेत्रको रियालीटि शो नेपाल आइडलको पाँचौ संस्करणको  अडिसन कैलालीको अत्तरियामा हुने भएको छ । माघ ८ गते अत्तरियाको सत्यवती एकेडेमीमा अडिसन हुने निर्देशक सुरेश पौडेलले जानकारी दिए ।

नेपाल आईडल सिजन–५ का दुुई वटा अडिसन झापाको विर्तामोड र हेटौडामा सम्पन्न भईसकेका छन । हेटौडाको अडिसन सकेर नेपाल आईडलको टोली अत्तरियाका लागि प्रस्थान गरिसकेको छ । अडिसन पुस २१ गते देखि झापाको बिर्तामोडबाट सुरु भएको थियो ।
नेपाल आइडल सिजन ५ मा यसपाली पुरानै निर्णायकहरुको पुुनरागमन भएको छ । गायन क्षेत्रका हस्तीहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटा निर्णायकको भूमिकामा रहेका छन् ।

नेपाल आइडल गायकको खोजी गर्ने उपयुक्त प्लेटफर्म हो । नेपाल आइडल सिजन–२ को उपाधी यसै क्षेत्रका रवी ओडले जितेका थिए । रवी ओडको क्षेत्र भएकाले पनि एपीवान टेलिभीजनले अत्तरियामा अडिसन राखेको हो ।

नेपाल आईडलको सिजन– १ बुुद्ध लामा, सिजन –२ रवी ओड, सिजन–३  सज्जा चौलागाई र सीजन–४ भुपेन्द्र थापामगरले जितेका थिए ।