Skip to main content

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
प्रदेशसभा

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले हिउँदे अधिवेशन आह्वान गरेपछि शुरु भएको हो ।

पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रदेशसभा सदस्यहरुले शुभकामना आदानप्रदान गरेका छन् । पहिलो र दोस्रो अधिवेशनमा प्रदेशसभालाई विजनेश दिन नसकेको सुदूरपश्चिम प्रदेश सरकारले हिउँदे अधिवेशनको पहिलो बैठकमा समेत कुनै विद्येयक सभामा दर्ता गरेको छैन ।

प्रदेशसभा सचिवालयले सरकारले कुनै विद्येयक दर्ता नगरेका कारण पहिलो बैठकमा शुभकामना आदानप्रदान मात्रै भएको जनाएको छ । शुभकामना आदानप्रदानपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभाको बैठक माघ ९ गते बस्नेगरि स्थगित गरेका छन् ।