Skip to main content

धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन

Submitted by editor on
ईबिगुल संवाददाता
 ग्रासरुट क्रिकेट

धनगढी : धनगढी उपमहानगरपालिकामा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

उपमहानगरपालिकाका मेयर गोपाल हमाल र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले शुक्रवार समझदारी पत्रमा हस्ताक्षर गरे । दुबै पक्षबीच उपमहानगरपालिकाका दुई नमूना स्कुलहरुमा ग्रासरुट लेभल क्रिकेट कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको हो । 

नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत छनौटमा परेका धनगढी–१२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालय जुगेडा र धनगढी–१८ मा रहेको श्री चन्द्रोदय माध्यमिक विद्यालय, फुलबारीमा उक्त कार्यक्रम लागु हुने भएको छ ।

नगरप्रमुख गोपाल हमालले नमूना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्नका लागि यो कार्यक्रम महत्वपूर्ण हुने बताए ।गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको बताए ।