Skip to main content

कञ्चनपुरको बेलौरीमा एसईई आइडलको २२ औं अडिसन सम्पन्न

Submitted by editor on
ईबिगुल संवाददाता
एसईई आइडल

धनगढी : सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडलको २२ औं अडिसन कञ्चनपुरको बेलौरीमा सम्पन्न भएको छ । आईतबार बेलौरीको नवयुग विद्या निकेतनमा प्रदेश युवा परिषद एसईई आइडलको अडिसन सम्पन्न भएको हो ।

अडिसनमा सहभागि प्रतिस्पर्धीहरुलाई छात्रवृत्ती कुपन र एसईई सहयोग पुस्तिका निशुल्क रुपमा वितरण गरिएको छ । एसईई आइडल–३ का लागि सुदूरपश्चिमका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरु हुदैछन । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् ।  यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् । 

असोज देखि फाल्गुण सम्म ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् । जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन । दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । 

फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमश ५०–५० हजार र  २५–२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।