Skip to main content

धनगढीको रिद्धिसिद्धी पार्टी प्यालेसमा आज नेपाल आईडलको जज अडिसन हुँदै

Submitted by editor on
अत्तरियामा प्रीजज अडिसन भएको थियो । त्यस अडिसनमा छनौटमा परेका प्रतिस्पर्धीहरुले जज अडिसनमा भाग लिनेछन
ईबिगुल संवाददाता
जज अडिसन

धनगढी : एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणको आज जज अडिसन हुने भएको छ । धनगढीको रिद्धिसिद्धी पार्टी प्यालेस धनगढीमा आज जज अडिसन हुने भएको हो । 

सोमबार कैलालीकै अत्तरियामा प्रीजज अडिसन भएको थियो । त्यस अडिसनमा छनौटमा परेका प्रतिस्पर्धीहरुले जज अडिसनमा भाग लिनेछन । सोमबार कैलालीको अत्तरियामा उल्लेख्य मात्रामा गायन क्षेत्रमा रुची भएकाहरुले  अडिसनमा सहभागिता जनाएका थिए । 

सुदूरपश्चिमदेउडाको पनि क्षेत्र हो । यस क्षेत्रले नेपाल आईडल पनिजन्माएको छ ।  नेपालआईडल सिजन २ को विजेता रवीओड बनेपछि सुदूरपश्चिममायसको क्रेज अझ बढेको छ । 

अत्तरिया अडिसनमा फरक क्षमता देखि संघीय राजधानी काठमाण्डौं, बाग्मती प्रदेशको राजधानी हेटौडाबाट समेत प्रतिस्पर्धीहरु अत्तरिया अडिसनमा सहभागि भएका थिए । नेपाल आइडल कार्यक्रममा प्रतिष्पर्धी बनेकै कारण यसै क्षेत्रका नरेश पातली र करिस्मा विस्टले  लोकप्रियता हासिक गरेका थिए ।  

सुदूरपश्चिममा नेपाल आईलड भन्ने वित्तिकै यी दुई जनाको स्मरण नगर्ने सायदै होलान । संगीत क्षेत्रमै आफ्नो भविश्य बनाउन चाहने दुरदराजमा रहेका प्रतिभालाइ नेपाल आइडलले राम्रो अवसर उपलब्ध गराइरहेका कारण आइडलप्रति युवाको आकर्षण रहेको छ ।  

अत्तरियामा पुरुष प्रतिस्पर्धी जस्तै महिला प्रतिस्पर्धीको पनि उत्तीकै सहभागिता रह्यो । सुदूरपश्चिमका ९ जिल्ला तराईका कैलाली र कञ्चनपुर तथा पहाडका डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, बाजुरा, अछाम र बझाङका लागि अत्तरिया पायकपर्ने स्थान भएकोले पनि अत्ररियामा गायन क्षेत्रका उल्लेख्य प्रतिभाहरुले भाग लिएका थिए । 

यसपछि माघ १३ गते सुर्खेतको विरेन्द्रनगर, माघ १८ गते दाङको घोराही र माघ २३ गते कास्कीको पोखरामा अडिशन तय भएको छ । फिजिकल अडिसनदिन  छुटेका प्रतिभाहरुले प्रभुपे एप्स डाउनलोड गरेर डिजिटल अडिसन मार्फत पनि नेपाल आइडलको अडीसनमा सहभागिता जनाउन सक्ने आईडल ब्यवस्थापनले जनाएको छ ।