Skip to main content

बैद्यनाथ बाहिनीमा सशस्त्र प्रहरीको २३ औं वार्षिकोत्सव (तस्बिरहरु)

Submitted by editor on
ईबिगुल संवाददाता
सशस्त्र प्रहरी


धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सशस्त्र प्रहरीले गठन भएको छोटो अवधीमा जनताको विश्वास जितेको बताएका छन ।

अत्तरिया स्थित सशस्त्र प्रहरी बैद्यनाथ बाहिनीले आयोजना गरेको सशस्त्र प्रहरीको २३ औं वार्षिकोत्सव समारोहमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन ।

‘स्थापनाको २३ वर्षमा सशस्त्र प्रहरी बलले जनताको विश्वास जित्न सफल भएको छ । सीमाको सुुरक्षाका लागि सशस्त्र प्रहरीको योगदान अतुलनीय योगदान छ’ मुख्यमन्त्री शाहले भने । 

मुख्यमन्त्री शाहले सशस्त्र प्रहरीले स्थापनाकाल देखि नै राज्यले तोकेको शान्ति सुरक्षा र अमनचयनका लागि खटिदै आएको उनले बताए । ‘स्थापनाकाल देखि नै शसस्त्र प्रहरीले राज्यले खटाएको काम ईमान्दारीपूर्वक गरेकोे छ । त्यसैले पनि उसले छोटो समयमा लोकप्रियता कमाएको हो’ मुुख्यमन्त्री शाहले भने  ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट विशिष्ठ अथिति रहेका थिए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ भएका सशस्त्र प्रहरीलाई पुरुस्कार वितरण गरिएको थियो भने अमर सशस्त्र प्रहरीका परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो ।