Skip to main content

नेपाल आईडल: कञ्चनपुरकी प्रेरणाले पाईन, पहिलो गोल्डेन माईक

Submitted by editor on
ईबिगुल संवाददाता
गोल्डेन माईक

धनगढी : एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणमा कञ्चनपुरकी प्रेरणा विश्वकर्माले पहिलो गोल्डेन माईक पाएकी छिन । सोमबार कैलालीको अत्तरियामा भएको प्रीजज राउण्डबाट छनौटमा परेका प्रतिस्पिर्धीहरुको मंगलबार धनगढीको रिद्धिसिद्धी पार्टी प्यालेसमा जज अडिसन भएको थियो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरियाकी प्रेरणाले पहिलो गोल्डेन माईक पाएकी हुन । योसँगै उनी टप १२ प्रतिस्पर्धीमा छनौट छिन । निर्णायकहरुले उत्कृष्ट गायन भएकाहरुलाई गोल्डेन माईक दिने गर्छन । त्यो माईक पाएपछि उनीहरु उत्कष्ट १२ मा छनौट भएको मानिन्छ ।
‘राम्रो कला भउकाहरुलाई नै हामीले गोल्डेन माईक दिने हो, प्रेरणको स्वर मीठो थियो, त्यसैले उनले गोल्डेन माईक पाईन’ निर्णयक ईन्दीरा जोशीले भनिन । ‘सुदूरपश्चिम गीत संगीतका लागि उर्वरा भूमी हो ।’

नेपाल आईडल ब्यवस्थापन टीमले विर्तामोड, बर्दिबास र हेटौडा अडिसन गरिसकेको छ भने धनगढीमा पनि मंगलबार अडिसन सकिएको छ । तीन वटा अडिसन सम्पनन हुँदा पनि कसैले गोल्डेन माईक पाएका थिएनन । धनगढीमा प्रेरणाले पहिलो गोल्डेन माईक पाएकी हुन ।

‘असाध्यै खुसी लागेको छ । मलाई गोल्डेन पाईक पाउछु भन्ने विश्वास नै थिएन, जजहरुले मन पराउछन की परादैनन भन्ने द्विविधामा थिए, तर मलाई गोल्डेन माईक दिईयो, खुुसीको सीमा छैन । यो माईकले मलाई अझ मेहनत गर्ने प्रेरणा मिलेको छ’ प्रेरणाले भनिन ।

कृष्णपुर नगरपालिका वडा नम्बर ५ का दिपक विश्वकर्मा र जलुुदेबीका तेस्रो सन्तान हुन प्रेरणा । उनका दुुई दाजु र एक बहिनि छन । ‘सानै देखि गीत संगीतमा रुची थियो । गोल्डेन माईक पाएपछि झन खुुसी भएको छु । छोरीको सपना पुरा हुने विश्वास लागेको छ’ बुवा दिपकले भने ।

यसपछि माघ १३ गते सुर्खेतको विरेन्द्रनगरमा रहेको मिड वेस्ट युनिभर्सिटीमा नेपाल आइडलको अर्को अडीसन हुदैछ । अत्तरिया अडिसन दिन छुटेकाहरुले सुर्खेतमामा पनि सहभागिता जनाउन सक्नेछन । त्यस्तै माघ १८ गते दाङको घोराही र माघ २३ गते कास्कीको पोखरामा पनि सिजन ५ का लागि अडिशन तय भएको छ ।