Skip to main content

मोहन बैद्य नेतृत्वको पार्टीद्वारा मेयर गोपाल हमालको घरमा ब्यानर टाँस

Submitted by editor on
ईबिगुल संवाददाता
कालो ब्यानर

धनगढी : मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले धनगढी उपमहानगरका मेयर गोपाल हमालको घरमा कालो ब्यानर टाँस गरेको छ ।

उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टीमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएको भन्दै ब्यानर टाँस गरिएको पार्टीका बाजुरा इन्चार्ज केशब उपाध्यायले बताए । मागहरु लेखिएको ब्यानर टाँस गरेपछि पुगेको प्रहरीले सो ब्यानर च्यातेको छ । 

उक्त पार्टीले पहिलो चरणमा माघ १० गते वडा कार्यालयहरुमा, माघ १२ गते कार्यपालिका शाखाहरुमा र माघ १५ गते सम्पूर्ण शैक्षिक संस्थाहरुमा माग पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ । 

१५ गतेसम्म सरकारी शैक्षिक संस्था (१ देखि १२ सम्म) हरुले शुल्क फिर्ता गराउने र नीजि स्वास्थ्य संस्थाहरुले राज्यले तोकेको सेवा शुल्क भन्दा बढी शुल्क हटाउनु पर्ने उनीहरुको माग छ ।