Skip to main content

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिम प्रदेशमा दुई मत खसेनन

Submitted by editor on
केही बेरमा मतगणना सुुरु हुने र आजै परिणाम आउने
ईबिगुल संवाददाता
राष्ट्रिय सभाको मतदान

धनगढी : सुदूरपश्चिममा राष्ट्रिय सभाको मतदान सकिएको छ । सुदूरपश्चिम निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार ३ बजे मतदान सकिएको हो । 

प्रदेश सभा तर्फ ५२ मत खसेका छन भने स्थानीय तहका प्रमुख÷उपप्रमुख तर्फ १७३ अथवा ३ मत कम खसेका छन । ५३ सदस्यीय प्रदेश सभामा बझाङबाट सदस्य पृथ्बी बहादुर सिहको दुर्घटनामा निधन भएकाले ५२ मत मात्रै खसेका हुन । 

८८ वटा स्थानीय निकाय तर्फ धनगढीका मेयर गोपाल हमाल, भजनी नगरपालिकाका उपमेयर राजु तिरुवाले मतदान गरेनन । यस्तै बाजुराको स्वामीकार्तिक खापर गाउपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको थियो । 

धनगढीका मेयर गोपाल हमाल स्वतन्त्र जितेका हुन भने भजनी नगरपालिकाका उपमेयर नागरिक उन्मुक्तिबाट विजयी हुन । निधन भएकी स्वामीकार्तिक खापर गाउपालिकाकी उपाध्यक्ष मैना जोशी काँग्रेसबाट जितेकी थिईन ।

प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले केही बेरमा मतगणना सुुरु हुने र आजै परिणाम आउने बताए । उनले आज नै विजेता राष्ट्रिय सभा सदस्यलाई प्रमाणपत्र दिने तयारी गरिएको बताए ।

गठबन्धनको तर्फबाट अन्यबाट नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसंख्यक क्लस्टरमा कांग्रेसकै  नारायणदत्त भट्ट र महिला क्लस्टरमा माओवादी केन्द्रबाट रेणु चन्द उम्मेदवार छन ।

एमालेले भने, अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार बनाएको छ ।