Skip to main content

सुदूरपश्चिममा यसरी भयो राष्ट्रिय सभाको निर्वाचन (तस्बिरहरु)

Submitted by editor on
शिवराज भट्ट
गठबन्धनका उम्मेदवारहरू

धनगढी  ः सुदूरपश्चिमबाट राष्ट्रिय सभाको निर्वाचनका लागि गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन । सुदूरपश्चिमभ प्रदेशसभा परिषदरमा भएको निर्वाचनबाट गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन । 

उनीहरुलाई आजै निर्वाचन अधिकृतको कार्यालय प्रमाणपत्र पनि दिएको छ । सत्ता गठबन्धनको तर्फबाट अपांगता कोटामा नेपाली काँग्रेस कैलालीका सभापती नारायणदत्त भट्ट ४ हजार ४१९, अन्य कोटामा काँग्रेसकै बलदेव बोहरा ४ हजार ३२८ मत भार  र महिलामा नेकपा माओवादी केन्द्रकी रेणु चन्द ४ हजार ४५३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अपांगता कोटामा कैलालीका रामचन्द्र जोशी १ हजार ५७१, महिला कोटामा कैलालीकै सावित्री घिमिरे १ हजार ५७१ र अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल १ हजार ६९६ प्राप्त गरे । 

निर्वाचन समितिले दिएको जानकारी अनुसार कुल १८ हजार १८२ मत भार खसेकोमा ९१ मतभार बदर भएका छन् ।