Skip to main content

सुदूरपश्चिममा माओवादी केन्द्र संसदीय दलभीत्र दुुई गुट

Submitted by editor on
माओवादी मन्त्रीहरुको ‘पर्फरमेन्स’ राम्रो नभएको माओवादी सांसदहरुकै आरोप
शिवराज भट्ट
संसदीय दल

धनगढी : नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलमा दुुई गुुट देखिएका छन ।  सभामुख सहित ११ जना प्रदेश सभा सदस्यहरु मध्ये ६जनाको नेतृत्व मान बहादुर धामीले गरिरहेका छन भने खगराज भट्टतिर आफुु सहित ४ जना मात्रै देखिएका छन । 

नेकपा माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यहरुले प्रदेश सरकारमा गएका मन्त्रीरुको  ‘पर्फरमेन्स’ राम्रो नभएकाले संसदीय दलको नेता परिवर्तन गरेको बताएका छन । 

शुक्रबार प्रदेश सभा परिषरमै रहेको संसदीय दलको कार्यालयमा बसेको बहुमत प्रदेश सभा सदस्यहरुको बैठकले संसदीय दलका नेता खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता चयन गरेको थियो ।

‘सरकारमा दुुई जना मन्त्री र एकजना राज्यमन्त्री छन, तर उनीहरुको काम गराई राम्रो भएन । हाम्रा मन्त्रीहरुको ‘पर्फरमेन्स’ राम्रो नभएको भन्दै कार्यकर्ता माझ पनि आलोचना हुन थालेको छ, त्यसैले दलको नेता परिवर्तन गर्नु परेको हो’ प्रदेश सभा सदस्य शिवसिह ओलीले भने ।
यसअघि माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेर सुदूरपश्चिम सरकारमा गएका मन्त्रीहरुको काम राम्रो नभएको भन्दै गुुनासो गरेका थिए । ‘हामीले पार्टी अध्यक्षलाई पनि सरकारमा गएकाहरुको ‘पर्फरमेन्स’ राम्रो भएन भनेर ज्ञापन नै बुुझाई सकेका छौं’ अर्का प्रदेश सभा सदस्य ओमविक्रम भाट सरले भने ।

प्रदेश सरकार गठनका बेला मन्त्रीहरुका लागि अक्कल रावल र ओमविक्रम भाटको नाम चर्चामा थियो । तर तत्कालिन संसदीय दलका नेता खगराज भट्टले बहुमत सदस्यको कुरा नमानेर सामाजिक विकास मन्त्रीमा झपट साउद र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रीमा रमेश सिह धामीको नाम सिफारिस गरेका थिए ।

त्यतीबेला देखि नै नेकपा माओवादी केन्द्र सुदूरपश्चिमभीत्र दुुई गुट देखिएको हो । अहिले खगराज भट्टसँग दुुईजना मन्त्री र एक जना प्रदेश सभा सदस्य जानकी कुवर मात्रै देखिएका छन । 

सरकारमा रहेकी गीता देबी माल समेत अहिलेका मन्त्रीहरुको विपक्षमा उभिएकी छिन । आफै सरकारमा रहेर पनि उनले सरकारको ‘पर्फरमेन्स’ राम्रो नभएको भन्दै दलको नेता परिवर्तनका लागि हस्ताक्षर गरेकी छिन ।