Skip to main content

अफगानिस्तानले दियो नेपाललाई १४६ रनको लक्ष्य

Submitted by editor on
ईबिगुल संवाददाता
नेपाल

धनगढी : अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ । दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तान १४५ रनमा अलआउट भएको हो ।

टस जितेर ४०.१ ओभर खेलेको अफगानिस्तानका लागि एम घजनफारले सर्वाधिक ३७ रन बनाए । त्यस्तै कप्तान नसिर खानले ३१, फरिदुन दाउदजाईले २९ र हसन इसखिलले २० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । 

अफगानिस्तानलाई सस्तैमा अलआउट गर्न नेपालका लागि आकाश चन्दले ५ विकेट लिए । त्यस्तै दीपेश कँडेलले २ र गुल्शन झा, सुवास भण्डँरी र तिलक भण्डारीले एक–एक विकेट लिए।

नेपालले दोस्रो चरणमा प्रवेशका लागि यो खेल जित्नैपर्ने भएको छ । नेपाल यसअघि न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो ।