Skip to main content

एसईई आईडलको धनगढी अडिसन सम्पन्न

Submitted by editor on
ईबिगुल संवाददाता
एसइइ आइडल

धनगढी  ः प्रदेश युवा परिषद एसइइ आइडल तेस्रो संस्करणको २३ औं अडिसन धनगढीमा सम्पन्न भएको छ । धनगढी गाउँको धनगढी नमूना माविमा आज आइडलको २३ औं अडिसन सकिएको हो ।

अडिसनमा ६ जनाले गायन र ५ जनाले नृत्य गरि कूल ११ जनाले आफ्नो प्रतियोगितात्मक प्रस्तुती पस्केका छन् । अडिसनमा सहभागि प्रतिस्पर्धीहरुलाई छात्रवृत्ति कुपन र एसइइ सहयोग पुस्तिका निशुल्क रुपमा वितरण गरिएको छ ।

एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना हुँदैछन् । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् ।  यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् ।

असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् । जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । 

फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशः  ५०–५० हजार र २५–२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।