Skip to main content

सशस्त्र प्रहरी बल ३४ गण धनगढीको स्थापना दिवश (फोटो फिचर)

Submitted by editor on
ईबिगुल संवाददाता
सशस्त्र प्रहरी बल

धनगढी : सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर धनगढीले आफ्नो १७ औं  स्थापना दिवश मनाएको छ । 

१७ वर्ष अघि आजकै दिन यसको धनगढीमा स्थापना भएको थियो । 

स्थापना दिवशको एक कार्यक्रमका बीच सशस्त्र प्रहरी नायव महानिरिक्षक कुमार न्यौपानेले पानसममा दीप पज्वलन गर्दै उद्घाटन गरे ।
कार्यक्रममा शसस्त्र प्रहरीका जवान र अधिकृतहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । 

स्थापना दिवशको अवसरमा गरिएको विभिन्न खेलकुदका विजताहरुलाई अथिति र प्रमुख अथितिहरुले पुरुस्कार र  प्रमाणपत्र प्रदान गरेका थिए ।

पछिल्ले एकवर्षमा राम्रो कामगर्ने प्रहरी अधिृकत र जवानहरुलाई पुरस्कृत पनि गरिएको थियो । कार्यक्रममा स्थापना दिवशको अवसर पारी केक काटेर शुुभकामना आदान प्रदान गरिएको थियो । 

कार्यक्रममा प्रमुख अथिति समेतका सबै अथितिहरुले देउडा गीतमा नाचेर रमाईलो गरेका थिए ।