Skip to main content

आईतबारबाट कञ्चनपुरमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने

Submitted by editor on
ईबिगुल संवाददाता
राष्ट्रिय भलिबल

कञ्चनपुर : आईतबारबाट कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ १४ बाट माघ २० सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सातै प्रदेशका सात र तीन विभागीय गरी १० टिमले भाग लिने बताइएको छ । प्रतियोगितामा भाग लिन देशभरबाट तीन सयभन्दा बढी खेलाडी, अफिसियल र अन्य व्यक्तिको सहभागिता हु्ने अनुमान गरिएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई चार लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुने टिमलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, खेलका विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई प्रतिव्यक्ति ७० हजार रुपैयाँको दरले पुरस्कृत पनि गरिनेछ ।