Skip to main content

कञ्चनपुुरको बाँणीबाट एकजना बालक बेपत्ता

Submitted by editor on
ईबिगुल संवाददाता
ओमप्रकाश जोशी

धनगढी : कञ्चनपुुरको बाणीबाट एकजना बालक वेपत्ता भएका छन । धनगढीको त्रिनगर माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षका ओमप्रकाश जोशी एकै छिनमा आउछु भनेर घरबाट निस्केका र बेलुकी घर नफर्केका आफन्तले बताएका छन ।

आईतबार दिउसो खाना खाएर घरबाट निस्केका उनी बेपत्ता भएका हुन । ओमप्रकाश की आमा साबित्री  जोशीले प्रहरी चौकी बाँणी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निबेदन दिएको बताईन । 

बाँणी प्रहरीले, दिउसोको समयमा ओमप्रकाश साईकल हाईसमा राखेर महेन्द्रनगरतिर गएको सिसि क्यामेरामा  देखिएको बताएको छ । उनको मोबाईल ट्रयाक गर्दा उनी आईतबार बेलुुकी दोधाराचाँदनीमा देखिएको आफन्तले जनाएका छन ।

घरबाट महेन्द्रनगर समेत नगएका ओमप्रकाश दोधाराचाँदनी पुुगेपछि आफन्तहरु चिन्तित बनेका छन । बाँणी घर भएका ओमप्रकाश धनगढीको फाया नेपाल लाईनमा आफन्तसँग बस्ने र ३ दिनको स्कुल विदा भएकाले शुक्रबार बाँणी स्थित घर गएका थिए ।