Skip to main content

कञ्चनपुुरको बाणीबाट बेत्तत्ता भएका बालक भारतको बनबसामा भेटिए

Submitted by editor on
ईबिगुल संवाददाता
कञ्चनपुुरको बाणीबाट बेत्तत्ता भएका बालक भारतको बनबसामा भेटिए

धनगढी : कञ्चनपुुरको बाणीबाट बेत्तत्ता भएका बालक भारतको बनबसामा भेटिएका छन । आफन्तहरुले खोजी गर्नेक्रममा सोमबार दिउसो उनी बनबसामा साईकल चलाईरहेको अवसथामा फेला परेका पारिवारिक स्रोतले जनाएको छ ।

धनगढीको त्रिनगर माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षका ओमप्रकाश जोशी कञ्चनपुरको बाँणी स्थित आफ्नै घरबाट आईतबार बेपत्ता भएका थिए । आमालाई एकै छिनमा आउछु भनेर घरबाट निस्केका उनी बेलुकी घर नफर्के पछि आफन्तहरुले प्रहरीमा निबेदन दिएका थिए ।

प्रहरीको सिसि क्यामेरामा उनी हाईसमा साईकल चढाएर महेन्द्रनगर तर्फ गएका पत्ता लागेको थियो । उनको मोबाईल ट्रयाक गर्दा उनी आईतबार बेलुुकी दोधाराचाँदनीमा देखिएका थिए ।