Skip to main content

बैतडीमा जीप दुर्घटना, एकको मृत्यु सात घाइते

Submitted by editor on
ईबिगुल संवाददाता
बैतडीमा जीप दुर्घटना, एकको मृत्यु सात घाइते

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको जानकारी अनुसार जिल्लाको दोगडाकेदार  गाउँपालिका–२ कटौजपानीमा जीप दुर्घटना भएको  हो । 

सिल्लेगडा बजारबाट यात्रु बोकेर कालागोरा गाउँ जाँदै गरेको  सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जीप कटौज पानीमा दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रवक्ता नन्दराज जोशीले  जानकारी  दिए ।

जीपमा सवार दोगडाकेदार– ८  कालागाउँकी १५ वर्षीया मनिषा विष्टको  घटनास्थलमै  मृत्यु भएको प्रहरी प्रवक्ता जोशीले  बताए । उनका अनुसार चालकसहित घाइते सातै जनाको जनाको  जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको  छ ।