Skip to main content

धनगढी मोडेल, एसपीए, सरस्वती र एलायन्स क्वार्टर फाइनल प्रवेश

Submitted by editor on
ईबिगुल संवाददाता
धनगढी मोडेल, एसपीए, सरस्वती र एलायन्स क्वार्टर फाइनल प्रवेश

धनगढी : धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय स्तरिय फुटवल प्रतियोगिता अन्तर्गत मंगलबार ४ खेल भएका छन् । आज भएका चार खेलमा धनगढी मोडेल माध्यमिक बिद्यालय, सुदुरपश्चिमाञ्चल एकेडेमी, सरस्वती माध्यमिक बिद्यालय धनगढी र इलायन्स इन्टरनेश्नल स्कुल क्वाटर फाइनल प्रवेश गरेका छन् । 

धनगढी रगंशालामा भएको पहिलो खेल अन्तर्गत धनगढी मोडेल माध्यमिक बिद्यालय धनगढीले नास्ट एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित ग¥यो भने दोश्रो खेलमा सुदुरपश्चिमाञ्चल एकेडेमीले अत्तरिया स्थित होलिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल लाई ४–२ गोल अन्तरले पराजित ग¥यो ।
तेश्रो खेलमा धनगढी स्थित सरस्वती माध्यमिक बिद्यालयले ऐश्वर्या बिद्या निकेतनलाई ३–१ गोल अन्तरले पराजित ग¥यो भने चौथो खेलमा एलायन्स इन्टरनेस्नल स्कुलले ‘सिसिएस प्लस टु’ ए लाई ५–० गोल अन्तरले पराजित गरेर सेमिफाईनलको यात्रा तय गरेको छ ।

यस अघी ‘सिसिएस प्लस टु’ बी, वेस्टर्न क्रिस्टल एकेडेमी, त्रिनगर माध्यमिक बिद्यालय र लोटस आई बोर्डिङ स्कुल क्वाटर फाइनल प्रवेश गरिसकेका छन् । क्वाटर फाइनल चरणका ४ खेल भोली हुने छन् । 

१६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरुको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार, दोश्रो पुरस्कार ३५ हजार रहेको छ ।