Skip to main content

बैतडीको खोडपे लगायतका स्थानमा भारी हिमपात

Submitted by editor on
ईबिगुल संवाददाता
बैतडीको खोडपे लगायतका स्थानमा भारी हिमपात

बैतडी : बैतडीसहित सुदूरपश्चिमका पहाडमा वर्षासँगै हिमपात भएको छ । केही स्थानमा बुुधबार राती र अधिकांस स्थानमा बिहीबार बिहानैदेखि वर्षासँगै हिमपात भइरहेको हो । 

बैतडीको खोड्पे, सिगास, बाँजपानी, सतबाज, अनार खोली लगायतका क्षेत्रमा हिमपात भइरहेको छ । यसैगरी बझाङ, दार्चुला र डडेल्धुराका उच्च लेकाली भेगमा पनि हिमपात भइरहेको छ । 

असोजपछि पहिलो पटक हिउँदे वर्षा भएपछि किसानहरुले राहत महसुस गरेका छन् । लामो समयदेखि वर्षा नहुँदा हिउँदे बाली प्रभावित बनेको थियो । ढिलोगरी हिउँदे वर्षा भएपछि आलु लगाउने किसानहरुलाई भने निकै राहत मिलेको स्थानीय किसान पदम बिष्टले बताए । 

यसैगरी हिउँदे फलफूलका बिरुवा लगाउने समय भएकाले पनि वर्षाले निकै राहात पुग्ने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।