Skip to main content

सिसिएस प्लस टु ‘बी’ र होलिल्याण्ड सेकेन्ड्री स्कुल फाइनलमा

Submitted by editor on
ईबिगुल संवाददाता
विद्यालय स्तरिय फुटवल

धनगढी : धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय स्तरिय फुटवल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । बिहिबार धनगढी रगंशालामा भएका फाइनल चरणका २ खेल सम्पन्न भए संगै ‘सिसिएस प्लस टु’ कप फुटवलको सेमि फाइनल पुग्ने टोलीको टुंगो लागेको हो । 

सिसिएस प्लस टु ‘बी’ र अत्तरियाको होलिल्याण्ड सेकेन्ड्री स्कुल सिसिएस प्लस टु फुटवल कपको उपाधिका लागी भिड्ने भएका छन । फाइनल चरण अन्तर्गत विहीबार भएको पहिलो खेलमा सिसिएस प्लस टु बी ले त्रिनगर माविलाई ३–० गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो ।

दोश्रो खेलमा अत्तरियाको होलिल्याण्ड सेकेन्ड्री स्कुलले धनगढीको एलायन्स इन्टरनेश्नल स्कुललाई ४–१ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको छ । प्रतियोगिताको सेमि फाइनल खेलमा होलिल्याण्ड सेकेन्ड्री स्कुल र एलायन्स इन्टरनेश्नल स्कुल बीचको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा गएको थियो । 

पेनाल्टीमा होलिल्याण्ड सेकेन्ड्री स्कुलले ४ गोल हान्दा एलायन्सले १ गोल मात्रै फिर्ता गर्न सक्यो । फाइनल चरणको खेल बर्षातका कारण १९ अथवा २० गते गर्ने निश्चित भएको छैन । १६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरुको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद सहित ट्रफी, मेडल, दोश्रो पुरस्कार ३५ हजार नगद सहित ट्रफी, मेडल रहेको छ ।