Skip to main content

प्रेस चौतारी कैलालीले जित्यो मैत्रीपूर्ण फुटसलको उपाधी

Submitted by editor on
ईबिगुल संवाददाता
प्रेस चौतारी कैलालीले जित्यो मैत्रीपूर्ण फुटसलको उपाधी

धनगढी  ः प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा धनगढीमा आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी प्रेस चौतारी कैलालीले जितेको छ ।

गोलाप्रथामा वाई पाएर पहिलो स्थानका लागि नेकपा एमाले कैलालीको टीमसँग प्रतिस्पर्धा गरेको चौतारीले ५–४ गोल अन्तरले पराजीत गर्दै उपाधी हात पारेको हो ।

पहिलो खेलमा नेकपा एमाले कैलालीले प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटिलाई ६–५ ले पराजीत गर्दै पहिलो स्थानका लागि दोस्रो खेल खेलेको थियो । प्रेस चौतारीको प्रदेश कमिटिले भने तेस्रो स्थानमा चित्त बुझाएको छ ।

मैत्रीपूर्ण फुटसलमा पहिलो, दोस्रो र तेस्रो बनेका टिमलाई सम्मान स्वरुप ट्रफी प्रदान गरिएको छ । मैत्रीपूर्ण फुटसलको उद्घाटन पोलिटब्युरो सदस्य गणेश ठगुन्ना र समापन एमालेका पोलिटब्युरो सदस्य एवंम् प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले गरेका थिए ।

उनले स्थापना दिवसको अवसरमा प्रेस चौतारी कैलालीले आयोजक गरेको मैत्रीपूर्ण फुटसलले पार्टी र चौतारीको भूमिकालाई बलियो बनाउने बताएका थिए ।

मैत्रीपूर्ण फुटसल सकिए लगत्तै धनगढीको सोराइँ बैँकेटमा एमालेका नेता र प्रेस चौतारी सम्बद्ध पत्रकारहरुको उपस्थितीमा चियापान कार्यक्रम समेत गरिएको थियो ।

मैत्रीपूर्ण फुटसल तथा चियापान कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य रावल, पोलिटब्युरो सदस्य एवंम् कैलाली इन्चार्ज गणेश ठगुन्ना, केन्द्रीय सदस्य तथा सुदूरपश्चि प्रचार विभाग प्रमुख कमला बोहरा, कैलाली सचिव डेजी पाण्डे, उपसचिव लोकेन्द्र शाही, ममता चौधरी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रेस चौतारीका तर्फबाट पूर्व उपाध्यक्ष तथा पूर्व सुदूरपश्चिम इन्चार्ज हेमन्त पौडेल, एमाले प्रचार विभाग सुदूरपश्चिमका सचिव राजेन्द्र नाथ, पूर्व केन्द्रीय सदस्यद्धय दिलबहादुर छत्याल, गोविन्द रोस्यारा, केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज सुशिल ढुंगाना, प्रदेश महासचिव शिवराज भट्ट, तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावल, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको उपस्थिती रहेको थियो ।