Skip to main content

सिसिएस प्लस टु कपको उपाधी आयोजकलाई

Submitted by editor on
ईबिगुल संवाददाता
आयोजकले जितेको छ

धनगढी : धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय स्तरिय फुटवल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । मंगलबार धनगढी रगंशालामा भएको फाइनल खेलमा अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुललाई पराजित गर्दै आयोजक ‘सिसिएस प्लस टु’ को बी टिम प्रतियोगिताको बिजेता बनेको हो । 

होलिल्याण्ड सेकेन्ड्री स्कुललाई पेनाल्टीमा हराउँदै आयोजक प्रतियोगिताको बिजेता बनेको हो । प्रतियोगिताको निर्धारित समयमा दुइटै टिमले गोल गर्न नसकेपछि फाइनल खेल पेनाल्टीमा गएको हो ।

पेनाल्टीमा आयोजक ‘सिसिएस प्लस टु’ बी ले होलिल्याण्ड सेकेन्ड्री स्कुललाई ४–३ गोल अन्तरले पराजित गरेको छ । विजेताले ६५ हजार नगद सहित ट्रफी, मेडल प्राप्त गरेको छ भने, उप बिजेताले ३५ हजार नगद सहित ट्रफी, मेडल सहित प्रमाणपत्र पाएको छ । 

‘सिसिएस प्लस टु’ का सन्दिप सिहं खडायत प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेर ३ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे । ‘सिसिएस प्लस टु’ कै बिवेक बोगटी प्रतियोगिताको उत्कृष्ट गोलकर्ता बने । उनले नगद २ हजार ५ सय नगद तथा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक होलिल्याण्डका ओम बिक बने  । उनले नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा १६ विद्यालय सहभागी थिए ।